Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो, मतगणना आजै सुरु गरिने

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो, मतगणना आजै सुरु गरिने

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो।

यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077