Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

स्थानीय तहको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान

स्थानीय तहको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार ४१ पदका लागि भएको निर्वाचनमा साँझ ५ बजेसम्म ६२ प्रतिशत मतदान भएको हो ।

उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।

उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो ।

मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077