Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

जाजरकोटको कुशे-७ मा कांग्रेसका सिंह विजयी

जाजरकोटको कुशे-७ मा कांग्रेसका सिंह विजयी

आइतवार , मंसिर १६, २०८१

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार कांग्रेसका सिंह ३४७ मत ल्याएर विजयी भएका हुन् । उनले माओवादी उम्मेदवारलाई १५ मतले पछि पारे ।
नेकपा माओवादी केन्द्रका गोरख बहादुर सिंहले ३३२ मत ल्याएका छन्।

यस्तै एमालेका डम्बर बहादुर घर्तीले २६२ मत ल्याएका छन् भने राप्रपाका लालबहादुर खत्रीले ८ मत ल्याएका छन्।

कुल खसेको ९५६ मतमध्ये १८ मत बदर भएको छ। यसअघि यो वडा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077