Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

काठमाडौं-१६ को अध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित

काठमाडौं-१६ को अध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।

उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरिन् । कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए ।

एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन् ।

०७९ को निर्वाचनमा कांग्रेका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077