Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

ताप्लेजुङको सिरिजङ्गा-३ मा एमालेकी सावादेन निर्वाचित

ताप्लेजुङको सिरिजङ्गा-३ मा एमालेकी सावादेन निर्वाचित

सोमवार , मंसिर १७, २०८१

ताप्लेजुङ । सिरिजङगा गाउँपालिका वडा नम्बर ३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् ।

कुमारीले ३५३ मत ल्याएर विजयी भएकी हुन् । उनले माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि पारिन् । अम्बीले २ सय ५१ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । १ हजार ५ सय २८ मतदाता रहेको यहाँ ८ सय ८९ मत झरेको थियो ।

कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेद्वार दिलप्रसाद बोखिमसँग ४ मत अन्तरले मात्रै पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077