गोरखा । गोरखा नगरपालिका ५ को वडाअध्यक्षमा नेकपा माओवादीका विष्णु राना मगर विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाइकाजी आलेलाई ८४ मतान्तरले पछि पार्दै राना विजयी भएका हुन् ।
रानाले ४८६ मत प्राप्त गरेका छन् भने आलेले ४०२ मत प्राप्त गरे ।
त्यस्तै नेकपा एमालकी दुर्गा थापा मगरले ३४५ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापाले ८६ मत ल्याए ।