Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काठमान्डु गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको सामान्य लक्ष्य

काठमान्डु गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको सामान्य लक्ष्य

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमान्डु गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डु गुर्खाजले २० ओभरमा ९ विकेट गुमाउदैं १११ रनमात्र जोड्न सक्यो ।

काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । महर्जनले ४१ बलको सामना गर्दा एउटा मात्र चौका प्रहार गरे।

माइकल लेभिटले १६ बलमा २५ रन बनाउँदा चार चौका र एक छक्का हिर्काए। शंकर रानाले १६ रन जोडेको खेलमा डान डौथवेटले नटआउट १८ बलमा १९ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

पावर प्लेमै काठमाडौंको चार विकेट लिएको चितवनले काठमाडौंमाथि खेलको सुरुमै दवाब बढाएको थियो।

चितवनका लागि सोहेल तनवीरले पाँच विकेट लिँदा मार्की खेलाडी कुशल मल्ल, अमरसिंह रौतेला र ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एकएक विकेट लिए। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077