Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवन राइनोजलाई पाँचौ झड्का, रवि बोपारा आउट

चितवन राइनोजलाई पाँचौ झड्का, रवि बोपारा आउट

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पाँचौ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनका लागि साहब आलमले पाँचौका रुपमा रवि बोपारालाई आउट गराएका हुन् ।

पहिलो विकेटका रुपमा साहब आलमले दीपक बोहोरालाई एलबीडब्ल्यु आउट गराए भने दोस्रो विकेट पनि साहब आलमकै नाममा रह्यो।

उनले हसन इसाखिललाई विकेटकिपर स्टेफन स्किनाजीबाट स्टम्पिङ आउट गराए । इसाखिल १२ रन बनाइ पेभेलियन फर्किए।

पाँचौं ओभरको तेस्रो बलमा लुक बेन्केन्स्टाइनको क्याच कभरमा शंकर रानाले क्याच छोडे। कुशल मल्ल र लक बेनकेन्स्टीन आउट भए। कुशल ११ रन रबेनकेनस्टीन १७ बलमा २२ रन बनाएर पेभेलियन फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077