Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सोहेल तनवीर चम्किँदा चितवन राइनोजको विजयी सुरुवात

सोहेल तनवीर चम्किँदा चितवन राइनोजको विजयी सुरुवात

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।

चितवन राइनोजले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो।

पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले ११२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए। बलिङमा काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए ।

कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077