Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लगातार विकेट ढलेपछि कर्णाली याक्स संकटमा

लगातार विकेट ढलेपछि कर्णाली याक्स संकटमा

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा लगातार विकेट गुमाउँदै गएपछि कर्णाली याक्स संकटमा परेको छ ।

कर्णाली याक्सका जीशन मक्सुद शुन्य रनमा आउट हुन पुगेपछि कर्णाली याक्स अहिले ४५ रनमा ४ विकेटको नाजुक स्थितिमा छ ।

कर्णाली याक्सका ओपनर शिखर धवन १४ रन बनाएर आउट भए। धवनले १४ बलमा ३ चौका प्रहार गर्न सके।

उनलाई जनकपुर बोल्ट्सका क्यानेडियन बलर हर्ष थाकेरले पाँचौ ओभरको दोस्रो बलमा बोल्ड गरे। यससँगै कर्णालीले दुवै ओपनर गुमायो।

त्यसअघि ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा ओपनर देव खनाललाई एक रनमा बोल्ड गरेका थिए।

कर्णालीले चाडविक वाल्टनलाई तेस्रो विकेटको रुपमा आठ रनमा सातौं ओभरमा गुमायो।

अर्को ओभरमा जीशन मक्सुद शून्यमा आउट भए। उनलाई जिमी निशमले एलबिडब्लूको धरापमा पारे। खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077