Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी

कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी

सोमवार , मंसिर १७, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई मन्त्रीको जिम्मेवारी दिने भएका छन् ।

मुख्यमन्त्री कार्कीले भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्न लागेका हुन् ।

मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो ।

उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ ।

एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् ।कोशीमा स्वास्थ्य मन्त्रालय पनि नेतृत्वविहीन छन् ।

भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले नै यो मन्त्रालय सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077