Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हमासलाई ट्रम्पको चेतावनी - बन्धक रिहा नगरे विनाशकारी परिस्थितिको सामना गर्न तयार रहनू

हमासलाई ट्रम्पको चेतावनी - बन्धक रिहा नगरे विनाशकारी परिस्थितिको सामना गर्न तयार रहनू

मंगलवार , मंसिर १८, २०८१

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा आफूले कार्यकाल सम्हाल्नुअघि हमासले गाजामा बन्धक बनाइएकाहरूलाई रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत् हमास र मध्यपूर्वका लागि यस्तो चेतावनी दिएका हुन् । बन्धक रिहा गर्न भन्दै ट्रम्पले मानवता विरुद्ध अत्याचार गर्ने जो कोहीमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिए।

जुनसुकै समूहले बन्धक बनाए पनि उसले अमेरिकी इतिहासको अहिलेसम्मकै ठूलो सजायको सामना गर्नुपर्ने उनको चेतावनी छ।

सन् २०२३ अक्टोबरमा अप्रत्याशित रूपमा हमासले इजरायलतर्फ आक्रमण गरेर करिब दुई सय ५० जनालाई बन्धक बनाएर गाजा लगेको थियो। तीमध्ये केही मानिस अमेरिकी नागरिक रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077