Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

सो निर्णयसँगै सुदूरपश्चिमले ब्याटिङ गर्न लागेको हो । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिँदैछ।

विराटनगरले आफ्नो पहिलो खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको हार ब्यहोरेको थियो।

सुदूरपश्चिमका भने यो पहिलो खेल हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077