काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथौ विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमका लागि चौथो विकेटका रुपमा सेफ अलि जेब १४ रन बनाएर आउट भए । उनलाई अग्नी खरेलले बोल्ड आउट गरे । यसअघि तेस्रो विकेटका रुपमा आरिफ शेख ९ रन बनाएर आउट भएका थिए ।
यसअघि दोस्रो विकेटका रुपमा ओेपनर बिनोद भण्डारी २३ रनमा आउट भए । यस्तै पहिलो विकेटका रुपमा अर्को ओपनर अमित श्रेष्ठ एक रनमा इसमात आलमको बलमा क्याच आउट भए ।
यो समाचार तयार पार्दासम्म सुदूरपश्चिमले ११ ओभरमा चार विकेटको क्षतिमा ७२ रन बनाएर खेलिरहेको छ ।