Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सलाई पाँचौ झड्का, खरेलले लिए तीन विकेट !

सुदूरपश्चिम रोयल्सलाई पाँचौ झड्का, खरेलले लिए तीन विकेट !

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँचौ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमका लागि पाँचौ विकेटका रुपमा ब्रान्डन मक्मलेन ३६ रनमा आउट भए ।

उनलाई अग्नी खरेलले क्याच आउट गराए । यसअगाडि चौथो विकेटका रुपमा सेफ अलि जेब १४ रन बनाएर आउट भए । यसअघि तेस्रो विकेटका रुपमा आरिफ शेख ९ रन बनाएर आउट भएका थिए ।

यसअघि दोस्रो विकेटका रुपमा ओेपनर बिनोद भण्डारी २३ रनमा आउट भए । यस्तै पहिलो विकेटका रुपमा अर्को ओपनर अमित श्रेष्ठ एक रनमा इसमात आलमको बलमा क्याच आउट भए ।

यो समाचार तयार पार्दासम्म सुदूरपश्चिमले १३ ओभरमा पाँच विकेटको क्षतिमा ८९ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077