काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले छैंटौ विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमका लागि छैंटौ विकेटका रुपमा इसान पाण्डे २१ रनमा आउट भए ।
उनलाई विराटनगर किंग्सका विकेट किपरले क्याच आउट गराए । यसअगाडि पाँचौं विकेटका रुपमा ब्रान्डन मक्मलेन आउट भएका थिए ।
यो समाचार तयार पार्दासम्म सुदूरपश्चिमले १७ ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनाएर खेलिरहेको छ ।