Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल र चीनबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

मंगलवार , मंसिर १८, २०८१

बेइजिङ । नेपाल र चीनबीच बिभिन्न ८ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ पुगेका थिए ।

दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालका तर्फबाट कायम मुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077