Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

यी हुन् नेपाल र चीनबीच भएका समझदारी [सूचीसहित]

यी हुन् नेपाल र चीनबीच भएका समझदारी [सूचीसहित]

मंगलवार , मंसिर १८, २०८१

बेइजिङ । नेपाल र चीनबीच ९ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशका अधिकारीबीच आज ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखाछहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको छ।

सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।

टोखा छहरे सुरूङमार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, तयारी भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको हो।

- टोखा- छहरे सुरुङ मार्गसम्बन्धी पत्र आदानप्रदान

- नेपाल चीनबीच व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र

- नौ तले बसन्तपुर दरबार पुनर्निमार्ण सम्पन्न प्रमाणपत्रको आदानप्रदान

- नेपालबाट भैंसीको मासु निर्यातसम्बन्धी प्रटोकल

- विकास योजनासम्बन्धी समझदारी पत्र

- नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

- आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी

- स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी प्रवर्द्धनसम्बन्धी समझदारी पत्र

- नेपाल टेलिभिजन र चिनियाँ मिडिया ग्रुपबीच संचार प्रविधिसम्बन्धी समझदारी पत्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077