Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजलाई चौथो झड्का, ३८ रन बनाएर कुशल मल्ल आउट

चितवन राइनोजलाई चौथो झड्का, ३८ रन बनाएर कुशल मल्ल आउट

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा रवि बोपारा र कुशल मल्लले चितवन राइनोजको इनिङ्स सम्हालेका छन् ।

यी दुईले तेस्रो विकेटका लागि रनको साझेदारी गरिसकेका छन् । पोखरा एभेन्जर्सविरुद्ध टस हारेर ब्याटिङ थालेको चितवन राइनोजले पहिलो ओभरमै विकेट गुमाएको थियो ।

पावरप्लेमा मध्ययम सुरुवात गरेको चितवन राइनोजले १३.१ ओभरमा चार विकेट गुमाउँदै ११४ रन बनाएको छ । पहिलो ओभरको पाँचौं बलमा विपिन खत्रीले दीपक बोहोरालाई २ रनमाबोल्ड गरे।

दोस्रो विकेटको रूपमा हसन इसाखिल १० बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए। विपिनले उनलाई कुशल भुर्तेलको हातमा क्याच गराए।

तेस्रो विकेटको रूपमा लुक बेन्केन्स्टाइन १३ बलमा १ चौका र २ छक्का प्रहार गरी १६ रनमा बस डी लिडेको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। चौथो विकेटका रुपमा सागर ढकालले कुशल मल्लाई आउट गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077