Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बोपाराको अर्धशतकमा चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य

बोपाराको अर्धशतकमा चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

रवि बोपाराको अर्धशतकमा चितवनले पोखरालाई १६२ रनको लक्ष्य दिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रनको योगफल खडा गर्‍यो ।

३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।

लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।

चितवनले अन्तिम पाँच ओभरमा ३ विकेट गुमाउँदा ३४ रन मात्र जोड्न सक्यो। बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २/२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077