Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पहिलो बलमै चितवन राइनोजलाई सफलता, एकै ओभरमा सोहेलले लिए तीन विकेट

पहिलो बलमै चितवन राइनोजलाई सफलता, एकै ओभरमा सोहेलले लिए तीन विकेट

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पहिलो ओभरको पहिलो बलमै सफलता हात पारेको छ ।

पोखरा एभेन्जर्सका ओपनर कुशल भुर्तेल, बास डि लिडे र दिलिप नाथलाई सोहेल तनभिरले आउट गरेका हुन् ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा ४ रन जोड्दा ३ विकेट गुमाएको छ ।

ओपनर भुर्तेल सोहेलको पहिलो बलमै क्याच आउट भएका थिए। पाकिस्तानी खेलाडी सोहेलको घातक बलिङमा पोखराको तीन विकेट पतन भएको हो।

कप्तान कुशल भुर्तेल पहिलो बलमै डकआउट हुँदा दिलीप नाथ ४ रन र बस दी लीडे शून्य रनमै आउट भएका हुन्। यसअघि पहिलो खेलमा तनवीरले काठमाडौंविरुद्ध ५ विकेट लिएका थिए।

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै १६१ रन बनायो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077