Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल : संकटमा पोखरा एभेन्जर्स, ७ रन जोड्दा गुमायो ६ विकेट

एनपीएल : संकटमा पोखरा एभेन्जर्स, ७ रन जोड्दा गुमायो ६ विकेट

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले खराब ब्याटिङ गरेको छ ।

टीयु क्रिकेट मैदानमा १६२ रनको लक्ष्य पछ्याएको पोखरा ७ रन जोड्दा ६ विकेट गुमाएको हो ।

कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पहिलो ओभरको पाचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए ।

किरण ठगुन्ना १, दिनेश खरेल १, माइकल लिस्क शुन्य रनमा आउट भए । बलिङमा चितवनका शोहिल तान्भिर र रिजन ढकालले ३/३ विकेट लिएका छन् ।

तन्भिरले पहिलो ओभरमा महत्वपूर्ण ३ विकेट लिएका थिए । पहिलो ओभरमा उनले भुर्तेल, नाथ र लिडको विकेट लिएका हुन् । रिजनले पनि एकै ओभरमा ३ विकेट लिए ।

उनले चौथो ओभरको पहिलो बलमा दीनेश, चौथो बलमा किरण र अन्तिम बलमा माइलकको विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077