Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तनविर र रिजनको घातक बलिङमा पोखराविरुद्ध चितवनको शानदार जित

तनविर र रिजनको घातक बलिङमा पोखराविरुद्ध चितवनको शानदार जित

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्समाथि चितवन राइनोजले शानदार जित दर्ता गरेको छ ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिएको हो । चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो ।

तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३/३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।

पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे ।

पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए । रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए ।

लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077