Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रोमाञ्चक खेलमा अफगानिस्तानमाथि नेपालको सानदार जित

रोमाञ्चक खेलमा अफगानिस्तानमाथि नेपालको सानदार जित

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर भेटायो ।

नेपालका नरेन साउदले २६, कप्तान हेमन्त धामीले नटआउट २२, अर्जुन कुमालले २१ रन बनाए । अफगानिस्तानका एएम घजनफर र खतिर स्टानिकजाईले ३र३ विकेट लिए ।

यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १ सय २३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए ।

नेपालका उनिश ठकुरी र सन्तोष यादवले ३/३ विकेट लिए । यस्तै कप्तान हेमन्त धामी र अभिषेक तिवारीले २र२ विकेट लिए ।

१९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077