Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सले गुमायो पाँचौ विकेट, गुल्शन र अर्जुन 'आउट'

कर्णाली याक्सले गुमायो पाँचौ विकेट, गुल्शन र अर्जुन 'आउट'

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजविरुद्ध कर्णाली याक्सले पाँचौ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको कर्णालीका लागि पाँचौ विकेटका रुपमा अर्जुन घर्ती ४ रनमा आउट भए । उनलाई नाथन सोटरले आउट गरे ।

यस्तै चौथौ विकेटका रुपमा गुल्शन झा १२ रनमा आउट भए । उनलाई गेर्हार्ड इरास्मसले आउट गरे । यसअघि तेस्रो विकेटका रुपमा बाबर हायात १३ रनमा आउट भए । उनलाई दिपेश कँडेलले आउट गरे ।

यसअघि दोस्रो विकेटका रुपमा चाडविक वाल्टन २१ रनमा आउट भए । उनलाई काठमाण्डुका गेर्हार्ड इरास्मसले क्याच आउट गराए ।

त्यस्तै पहिलो विकेटका रुपमा देव खनाल शुन्य रनमा आउट भए । उनलाई काठमाण्डुका करण केसीले एलबीडब्लू धरापमा पारे ।

यो समाचार तयार पार्दासम्म कर्णाली १५ ओभरमा चार विकेटको क्षतिमा ५७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077