Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाण्डु गुर्खाजविरुद्ध शिखर धवनले हाने अर्धशतक

काठमाण्डु गुर्खाजविरुद्ध शिखर धवनले हाने अर्धशतक

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीका ओपनर शिखर धवनले काठमाण्डु गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

उनले ४३ बलमा ३ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरेका हुन्। उनले अर्धशतक प्रहार गर्न ३ चौका र ३ छक्का प्रहार गरे।

एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी छैटौं ब्याटर हुन्।'यस लाहिरु मिलान्था, मार्टिन गप्टिल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी र रवि बोपाराले अर्धशतक प्रहार गरेका थिए।

टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभरमा १४१ रन बनाउँदा ५ विकेट गुमाएको छ।

कर्णालीका ओपनर देव खनाल डक आउट भए। उनी पहिलो ओभरको तेस्रो बलमा काठमाडौंका कप्तान करण केसीको एलबिडब्लूको धरापमा परे।

चाडविक वाल्डनले २१ रन जोड्दा १५ बलमा ५ चौका प्रहार गरे। उनी चौथो ओभरमा गेराल्ड इरासमसको बलमा करणबाट क्याच हुँदा कर्णालीले पावरप्लेमा दुई विकेट गुमायो।

बाबर हायतले १८ बलमा १३ रन मात्र जोड्न सके। १४औं ओभरमा आउट भएका गुल्सन झाले १९ बलमा १ चौका प्रहार गर्दा १२ रन मात्र जोडे। अर्को ओभरमा अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077