Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शिखरको अर्धशतकमा कर्णालीले काठमाण्डु गुर्खाजलाई दियो १५० रनको लक्ष्य

शिखरको अर्धशतकमा कर्णालीले काठमाण्डु गुर्खाजलाई दियो १५० रनको लक्ष्य

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

कर्णालीका ओपनर शिखर धवनको अर्धशतकमा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई १५०रनको लक्ष्य दिएको हो ।

टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा १४९ रन बनाउँदा ५ विकेट गुमाएको थियो।

कर्णालीका ओपनर देव खनाल डक आउट भए। उनी पहिलो ओभरको तेस्रो बलमा काठमाडौंका कप्तान करण केसीको एलबिडब्लूको धरापमा परे।

चाडविक वाल्डनले २१ रन जोड्दा १५ बलमा ५ चौका प्रहार गरे। उनी चौथो ओभरमा गेराल्ड इरासमसको बलमा करणबाट क्याच हुँदा कर्णालीले पावरप्लेमा दुई विकेट गुमायो।

बाबर हायतले १८ बलमा १३ रन मात्र जोड्न सके। १४औं ओभरमा आउट भएका गुल्सन झाले १९ बलमा १ चौका प्रहार गर्दा १२ रन मात्र जोडे। अर्को ओभरमा अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077