Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्समाथि काठमाण्डु गुर्खाजको रोचक जित

कर्णाली याक्समाथि काठमाण्डु गुर्खाजको रोचक जित

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको पहिलो खेलमा कर्णाली याक्समाथि काठमाण्डु गुर्खाजले जित हात पारेको छ ।

आइबार चितवनसँग हारेको काठमाण्डुले कर्णालीसँग आज बदला लिएको हो ।

टियु क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाण्डु गुर्खाजले ७ विकेट गुमाउदैं अन्तिम ओभरमा जित हात पारेको हो ।

काठमाडौंका लागि सुमित महर्जन ४० मा र साहब आलम शून्यमा अविजित रहे। काठमाडौंको जितमा छैटौं विकेटमा सुमित र गेरहार्डको ५७ रनको साझेदारीले महत्वपूर्ण भूमिका खेल्यो।

पहिले ब्याटिङ गरेर कर्णालीले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ। काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३७ रन बनाएको थियो।

पहिलो विकेटका रुपमा शंकर रानालाई ६ रनमा रन आउटको रुपमा गुमायो। उनले ७ बलमा १ चौका प्रहार गरेका थिए। दोस्रो विकेटका रुपमा स्टेफेन इस्किनाजी ३ रनमा नन्दन यादवबाट एलबीडब्ल्यु आउट भए।

६.४ ओभरमा माइकल लेभिटलाई २२ रनमा विपिन शर्माले नन्दन यादवको हातबाट क्याच गराए। उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे। भिम भने ९ बलमा जिसन मक्सुदको बलमा शिखर धवनले स्लिपमा क्याच आउट गरेका हुन्।

पाँचौं विकेटका लागि गेरहार्ड र सुमित महर्जनले ५७ रनको अर्धशतकीय साझेदारी गरे। जिसन मक्सुदको बलमा गेरहार्डले २४ रन बनाउँदा उनले जिवनदान पाएका उनलाई १५.४ मा गुल्सन झाको बलमा सोमपाल कामीले नै क्याच आउट गराए।

उनले २४ बलमा ३८ रन बनाएर आउट भए। उनलाई क्याच आउट गराए पछि सोमपालको सेलिब्रेसनले निकै राहत भएको अनुभूति पनि गरायो। छैटौं विकेटका लागि सुमितले पुन करण केसीसँग ४५ रनको साझेदारी गरे।

१९ ओभरको अन्तिम बलमा सोमपालको बलिङमा बाउन्ड्री लाइनमा देव खनालले उत्कृष्ट क्याच लिए। काठमाडौंले १७औं ओभरमा ५ विकेट गुमाउँदै १०० रन पूरा गरेको थियो। कर्णालीले छैटौं विकेटका रुपमा करण केसीलाई २८ रनमा र सातौं विकेट रसिद खानलाई रन आउटको रुपमा शुन्यमै गुमायो।

कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन शर्माले समान १/१ विकेट लिए। त्यसअघि, त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।

पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। त्यस्तै काठमाडौं गुर्खाज भने चितवनसँग ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077