Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनीका ब्याटरसामु निरिह विराटनगर, १२ ओभरमै गुमायो बनायो १२१ रन

लुम्बिनीका ब्याटरसामु निरिह विराटनगर, १२ ओभरमै गुमायो बनायो १२१ रन

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले १२ ओभरमा १२१ रन बनाएको छ ।

विराटनगर किङ्ग्सविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २ विकेट गुमाउँदै १२१ रन बनाएको हो।

पावरप्लेमा १ विकेटको क्षतिमा ५६ रन बनाएको लुम्बिनीले १२ ओभरमा थप १ विकेटको रुपमा अर्जुन साउदलाई गुमाउँदै ६५ रन थप्यो ।

लुम्बिनीले पहिलो विकेट आशुतोष घिरौयाको गुमायो उनी १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा निकोलस क्रिटोनको हातबाट रन आउट भए ।

हाल क्रिजमा टम मोरिस र कप्तान रोहित पौडेल क्रमशः २६/३९ रनमा खेलिरहेका छन् । विराटनगरको यो तेस्रो खेल हो ।

पहिलो खेलमा जनकपुर बोल्ट्सँग ८ विकेट र दोस्रो खेलमा सुदुरपश्चिम रोयल्ससँग ८७ रनले पराजित भएको थियो ।

बुधबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077