Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दक्षिण कोरियाका राष्ट्रपति येओलविरुद्ध महाभियोग प्रस्ताव पेस

दक्षिण कोरियाका राष्ट्रपति येओलविरुद्ध महाभियोग प्रस्ताव पेस

बुधवार , मंसिर १९, २०८१

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस भएको छ ।

सांसदहरूले दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका हुन्।

राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलबार राति मार्सल कानुन लागू गरेका थिए।

तर त्यसको केही घण्टामा नै उनले मार्सल कानुन फिर्ता गर्न बाध्य भएका थिए ।

राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरू राष्ट्रियसभामा प्रवेश गरेर उनको निर्णय रोक्न मतदान गरेका थिए ।

केही सांसदले भवनमा प्रवेश गर्न सुरक्षाकर्मीका अवरोध तोडेका बताएका थिए ।

संसद्मा‌ उपस्थित सबै १ सय ९० सांसदहरूले मार्सल कानुनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनले आफ्नो निर्णय उल्टाउने घोषणा गरेका थिए ।

तर बुधबार सांसदहरूले राष्ट्रपति युनविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077