Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लयमा रहेको जनकपुर बोल्ट्ससँग भिड्दै पोखरा एभेन्जर्स

लयमा रहेको जनकपुर बोल्ट्ससँग भिड्दै पोखरा एभेन्जर्स

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ ।

जनकपुर बोल्ट्सले उद्घाटन खेलमा विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो ।

उता पोखरा भने आफ्नो पहिलो खेलमै चितवन राइनोजसँग पराजित भएको थियो ।

आज जनकपुर बोल्ट्स लगातार तेस्रो जितको खोजीमा हुनेछ भने पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077