Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखरा एभेन्जर्सले पहिलो 'पावर प्ले'मा गुमायो दुई विकेट

पोखरा एभेन्जर्सले पहिलो 'पावर प्ले'मा गुमायो दुई विकेट

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको पोखराका लागि दोस्रो विकेटका रुपमा दिपेश खरेल १० रनमा आउट भए । उनलाई जनकपुरका जेम्स निशमले क्याच आउट गराए ।

त्यसअघि पहिलो विकेटका रुपमा एन्ड्रिज गौस २० रनमा आउट भए । उनलाई ललित राजवंशीले क्याच आउट गराए । योसँगै पहिलो पावर प्लेमा पोखरा एभेन्जर्सले दुई विकेट गुमाएको छ ।

यो समाचार तयार पार्दासम्म पोखरा एभेन्जर्सले ६ ओभरमा दुई विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077