Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नेपाल प्रिमियर लिग : जनकपुरविरुद्ध १२ ओभरमा पोखराको ७९ रन

नेपाल प्रिमियर लिग : जनकपुरविरुद्ध १२ ओभरमा पोखराको ७९ रन

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स १२ ओभरमा चार विकेट गुमाउँदै ७९ रन बनाएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले पावरप्लेमा २ विकेट गुमाउँदै ३५ रन बनाएको थियो।

पहिलो विकेटको रुमपा पोखराले एन्ड्रिज गोउसको विकेट गुमाएको हो। उनले १६ बलमा ३ चौका र १ छक्कासहित २० प्रहार गरेका हुन्।

उनलाई ललित राजवंशीले पाचौं ओभरको अन्तिम बलमा आसिफ शेखको हातबाट क्याच आउट गराएका हुन्।

दोस्रो विकेट अर्का ओपनर दिनेश खरेलको गयो। छैटौं ओभरको पाँचौं बलमा उनी १७ बलमा १० रन बनाउँदै नसिमको बलमा तुलबहादुर थापाको हातबाट क्याच आउट भए।

पोखराको तेस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेल ६ रन बनाउँदै ललित राजवंशीको बलमा स्टम्पिङ आउट भए।

यसैबीच पोखराको चौथो विकेट पनि पतन भएको छ। दिलीप नाथ १४ बलमा ११ रन बनाएर पेभेलियन फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077