Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखरा एभेन्जर्सले दियो जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य

पोखरा एभेन्जर्सले दियो जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३८ रन जोडेको हो ।

खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका हुन्। पोखराले पावरप्लेमा सुस्त सुरुवात गरेको थियो।

६ ओभरमा २ विकेट गुमाउँदै ३५ रन बनाएको थियो। पहिलो विकेटको रूपमा पोखराले एन्ड्रिज गोउसको विकेट गुमाएको हो। उनले १६ बलमा ३ चौका र १ छक्कासहित २० प्रहार गरेका हुन्।

उनलाई ललित राजवंशीले पाचौं ओभरको अन्तिम बलमा आसिफ शेखको हातबाट क्याच आउट गराए। दोस्रो विकेट अर्का ओपनर दिनेश खरेलको गयो।

छैटौं ओभरको पाँचौं बलमा उनी १७ बलमा १० रन बनाउँदै नसिमको बलमा तुल बहादुर थापाको हातबाट क्याच आउट भए। पोखराको तेस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेल ६ रन बनाउँदै ललित राजवंशीको बलमा स्टम्पिङ आउट भए।

पोखराले १० ओभरमा ३ विकेट गुमाउँदै ७० रन बनाएको थियो। चौथो विकेट दिलिप नाथको गयो। उनले १४ बलमा १ चौका प्रहार गरे। पाँचौं विकेटको रुपमा १६.३ ओभरमा माकर्स किच्लेको विकेट गयो।

छैटौं विकेटको रुपमा पोखराले र्‍यामन रेफरलाई १८.३ ओभरमा गुमायो। उनले २० बलमा १ चौकासहित १७ रन बनाए। माइकल लिस्कले २५ रन बनाउँदै बाउन्ड्रीमा आसिफ शेखबाट क्याच आउट भए।

उनले १३ बलमा ३ छक्का प्रहार गरेका थिए। यो पोखराका लागि सातौं विकेट थियो। नारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे। जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। जेम्स निसामले २ र किशोर र मोहम्मद मोसिनले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077