Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पोखरालाई हराउँदै जनकपुर बोल्ट्सले जित्यो लगातार तेस्रो खेल

पोखरालाई हराउँदै जनकपुर बोल्ट्सले जित्यो लगातार तेस्रो खेल

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ।

टियु क्रिकेट मैदानमा आज पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै तेस्रो जित हात पारेको हो ।

यससँगै पोखरा दोस्रोपटक पराजित बन्न पुगेको छ।पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गर्‍यो।

पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे। उनले २० बलमा ५ छक्का प्रहार गरे। क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए।

ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे।

उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच हुनुअघि ३२ बलमा आठ चौका प्रहार गर्दै ४५ रनको योगदान गरे।

टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोड्यो। पोखराका ब्याटर दोस्रो खेलमा पनि चल्न सकेनन्।

बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए। उनले चार ओभरमा ३१ रन खर्चिए। जिमी निशमले दुई विकेट लिने क्रममा २९ रन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077