Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काठमान्डुविरुद्ध म्याकमुलेनले हाने अर्धशतक

काठमान्डुविरुद्ध म्याकमुलेनले हाने अर्धशतक

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले अर्धशतक हानेका छन् ।

सुदूरपश्चिमका म्याकमुलेनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक बनाएका हुन्। उनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

उनी ३६ बलमा ५३ रन बनाएर आउट भए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले १७ ओभरको समाप्तिमा १४५ रन बनाएर खेलिरहेको छ।

यसअघि लाहिरुसँगै, मार्टिन गप्टिल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, शिखर धवन, रबि बोपारा र लोकेश बमले अर्धशतक बनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077