Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय क्रिकेटका सुपरस्टार शिखर धवनले नेपालमै मनाए ३९औं जन्मदिन !

भारतीय क्रिकेटका सुपरस्टार शिखर धवनले नेपालमै मनाए ३९औं जन्मदिन !

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय स्टार क्रिकेट खेलाडी शिखर धवनले आज आफ्नो जन्मदिन बनाएका छन् ।

उनले बिहीबार आफ्नो ३९ औं जन्मदिन कर्णाली यक्सको टिमसँग हिल्टनमा मनाएका हुन् ।

उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह-संस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्का, प्रशिक्षक ज्ञानेन्द्र मल्ल, मार्की सोमपाल कामीसँगै टिमका खेलाडीहरुको उपस्थिति थियो ।

उनले कर्णाली याक्सबाट एनपीएलमा दुई वटा खेल खेलिसकेका छन् । उनी पहिलो खेलमा जनकपुर बोल्ट्ससँग १४ रनमा आउट भएका थिए ।

यस्तै दोस्रो खेलमा भने उनी काठमाण्डु गुर्खाजविरुद्ध नटआउट रहे । उनले ५१ बलमा ७२ रन बनाए । भोली उनले तेस्रो खेल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077