Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

फ्रान्सका प्रधानमन्त्री बार्नियरले दिए राजीनामा

फ्रान्सका प्रधानमन्त्री बार्नियरले दिए राजीनामा

बिहिवार , मंसिर २०, २०८१

एजेन्सी । फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसद्‌मा अविश्वासको प्रस्तावविरुद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन्।

उनले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोँलाई भेटी राजीनामा दिएको तर उनलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न राष्ट्रपतिले आग्रह गरेका हुन् ।

समकालीन फ्रान्सको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बनेका बार्नियर राजीनामाको औपचारिकताका लागि स्थानीय समयानुसार बिहान ९ बजे ‘एलिसी प्यालेस’ पुगेका थिए।

बुधबार बहुमत सांसदले वामपन्थी समूहले प्रस्ताव गरेको अविश्वासको प्रस्तावलाई समर्थन गरेका थिए । मरिन ले पेनको नेतृत्वमा रहेको गठबन्धनले प्रस्तावको समर्थनमा मत दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077