Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएलमा आज अपराजित चितवनसँग कर्णाली भिड्दै, के रोक्न सक्ला याक्स ?

एनपीएलमा आज अपराजित चितवनसँग कर्णाली भिड्दै, के रोक्न सक्ला याक्स ?

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

कुशल मल्ल कप्तान रहेको टिम चितवनले लगातार दुई खेलमा जित निकालेर लयमा छ । उता चर्चित खेलाडी रहेको कर्णाली याक्स भने जितविहीन छ ।

कर्णालीले सुरूवाती दुवै खेलमा हार व्यहोरेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीलेसँग शिखर धवन लगायतका चर्चित खेलाडी छन् । तर अपेक्षाभन्दा फरक नतिजा निकालिरहेको छ ।

चितवनले काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरिसेको छ । कमजोर मानिएको चितवन राइनोजले आश्चर्यजनक नतिजा निकालिरहेको छ ।

चितवनका दुई लेफ्ट आर्म मिडियम सोहेल तनविर र रिजन ढकाल लगायतका खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । आज चितवन लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ भने कर्णाली पहिलो जित निकाल्ने दाउमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077