Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल प्रिमियर लिग : सोहेल तनविर र शिखर धवन १६ वर्षपछि आमने सामने

नेपाल प्रिमियर लिग : सोहेल तनविर र शिखर धवन १६ वर्षपछि आमने सामने

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । भारतका क्रिकेटर शिखर धवन र पाकिस्तानी क्रिकेटर सोहेल तनविर आज एनपिएलमा आमने सामने हुँदै छन् । उनीहरु १६ वर्ष पछि कुनै पनि फ्रेन्चाइजि लिगमा आमने सामने हुन लागेका हुन् ।

आज आज बिहान कीर्तिपुरस्थित टियु मैदानमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे पछि सुरु हुनेछ । सोहेल चितवन राइनोजमा आबद्ध छन् भने शिखर कर्णाली याक्समा रहेका छन् ।

सन् २००८ को पहिलो संस्करणको आइपिएलमा दुईबीच टि ट्वान्टी फ्रेन्चाइजि लिगमा पछिल्लो पटक आमने सामने भएका थिए ।

चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरिसकेको छ भने कर्णालीले दुई खेलमा हार व्यहोरेको छ । जितविहीन कर्णाली पहिलो जितको खोजीमा छ भने चितवन लगातार जित निकाल्ने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077