Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णालीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै चितवन राइनोज

कर्णालीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै चितवन राइनोज

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ ।

टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजपछि चितवन पहिले ब्याटिङ गर्न लागेको हो । खले अहिले सुरु हुँदैछ ।

चितवन प्रतियोगितामा आज लगातार तेस्रो जितको खोजीमा छ । चितवनले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

यता कर्णाली भने पहिलो जितको खोजीमा छ । कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेट पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077