Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पहिलो पावर प्लेमा चितवन राइनोजले गुमायो तीन विकेट

पहिलो पावर प्लेमा चितवन राइनोजले गुमायो तीन विकेट

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको चितवनले तेस्रो विकेटका रुपमा विपिन रावललाई ११ रनमा गुमाएको हो । उनलाई जिसान मक्सुदले बोल्ड आउट गरे ।

यसअघि दोस्रो विकेटको रुपमा दीपक बोहरा ८ रनमा आउट भए । उनी नन्दन यादवको बलमा क्याच आउट भए ।

यसअघि पहिलो विकेटका रुपमा लुक बेन्केन्सटेइन शुन्य रनमा आउट भए । उनलाई सोमपाल कामीले पहलिो ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

यो समाचार तयार पार्दासम्म चितवनले ६ ओभरमा तीन विकेटको क्षतिमा २८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077