Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सविरुद्ध चितवन राइनोजको सुस्त सुरुवात

कर्णाली याक्सविरुद्ध चितवन राइनोजको सुस्त सुरुवात

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा छैटौं दिनको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले सुस्त सुरुवात गरेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १२ ओभरको खेलमा ३ विकेट गुमाउँदै ७५ रन बनाएको हो।

चितवनले ओपनर लुक बेन्केन्स्टाइनलाई पहिलो ओभरको पाँचौं बलमा डक आउटको रूपमा गुमायो।

दोस्रो विकेट ३.५ ओभरमा दिपक बोहोराको गयो। उनले ८ बलमाा १ चौका सहित ८ रन बनाए।

तेस्रो विकेट विकेटकिपर ब्याटर विकेट गयो। उनले उनी ५.१ ओभरमा जिसन मक्सुदबाट बोल्ड आउट भए। उनले १५ बलमा १ चौका सहित ११ रन बनाए।

कर्णालीका लागि सोमपाल कमी, जिसन मक्सुद र नन्दन यादवले समान १/१ विकेट लिए। दुवै टिमको यो तेस्रो खेल हो। चितवनले दुई खेल जितेको छ भने कर्णालीले दुवै खेल हारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077