काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा छैटौं दिनको पहिलो खेलमा रवि बोपाराले अर्धशतक प्रहार गरेका छन्।
कर्णाली याक्सविरुद्ध टस हारेर ब्याटिङ थालेको चितवन राइनोजका बोपाराले अर्धशतक प्रहार गरेका हुन् ।
बोपाराले ३५ बलमा ५० रन बनाए । उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध पनि अर्धशतक पूरा गरेका थिए ।