Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रवि बोपाराको अर्धशतकमा चितवनले दियो कर्णालीलाई १३१ रनको लक्ष्य

रवि बोपाराको अर्धशतकमा चितवनले दियो कर्णालीलाई १३१ रनको लक्ष्य

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

रवि बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई १३१ रनको लक्ष्य दिएको हो ।

टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १३० रन जोड्यो।

चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले नटआउट ५९ रन जोड्ने क्रममा ४० बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे। बोपारा र कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

कुशलले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्न सके। त्यसअघि चितवनले पावर प्लेमा आफ्नो तीन विकेट गुमाएको थियो। ओपनर लुक बेन्केस्टाइनलाई पहिलो ओभरको पाँचौ बलमा कर्णालीका कप्तान सोमपाल कामीले शून्यमा बोल्ड गरे।

अर्का ओपनर दीपक बोहरा चौथो ओभरमा नन्दन यादवको बलमा देव खनालबाट ८ रनमै क्याच भए। पावरप्लेको अन्तिम ओभरमा विपिन रावल ११ रनमा जिशन मक्सुदबाट बोल्ड भए।

१७औं ओभरमा विपिन शर्माको एलबिडब्लूको धरापमा पर्नुअघि लोफ्टी इटनले ९ रन जोडे। दुई बलपछि विपिनले सोहेल तन्विरलाई शून्यमा बोल्ड गरेका थिए।

विपिनले अमरसिंह रटेउलालाई पनि १९औं ९ रनमा बोल्ड गरेका थिए। शरद भेषावकर ६ रनमा नटआउट रहे।

बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077