Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इरानले दूरसञ्चारको विस्तारका लागि उपकरणसहितको रकेट अन्तरिक्षमा पठायो

इरानले दूरसञ्चारको विस्तारका लागि उपकरणसहितको रकेट अन्तरिक्षमा पठायो

शुक्रवार , मंसिर २१, २०८१

एजेन्सी । इरानले दूरसञ्चारको विस्तारका लागि उपकरणसहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

इरानले आज आफ्नो सबैभन्दा गह्रुँङ्गो 'पेलोड' एउटा उपग्रह र एउटा अन्तरिक्ष यानलाई सफलतापूर्वक प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । इरानले यान र उपग्रह दुवै स्वदेशमै विकसित गरेको हो ।

सरकारी टेलिभिजनका अनुसार तीन सय किलोग्राम तौल भएको पेलोडमा ‘फखर–१’ दूरसञ्चार उपग्रह र ‘समन–१’ अन्तरिक्षयान रहेको छ ।

इरान अन्तरिक्ष अनुसन्धान केन्द्रले सन् २०१७ मा सार्वजनिक गरेको ‘समन–१’ एक ‘कक्षीय प्रसारण प्रणाली’ हो र यो तल्लो कक्षबाट माथिल्लो कक्षमा उपग्रहहरू पुर्‍याउनका लागि बनाइएको हो ।

यो प्रक्षेपण उपग्रहलाई उच्च कक्षमा स्थानान्तरण गर्ने दिशामा महत्त्वपूर्ण कदम मानिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077