Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएलमा शनिबारको टिकट 'सोल्डआउट', क्यानले भन्यो - घरमै बसेर खेल हेर्नू

एनपीएलमा शनिबारको टिकट 'सोल्डआउट', क्यानले भन्यो - घरमै बसेर खेल हेर्नू

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको शनिबार हुने खेलका टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न अपिल गरेको छ ।

क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार हुने खेलका निम्ति इ–पे वालेट खल्तीमा सीमित टिकट बिक्री हुने भएकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न आग्रह गरेको हो ।

“नेपाल प्रिमियर लिगमा शनिबारका लागि खल्तीमार्फत मात्र सीमित टिकट उपलब्ध छन् । भौतिक रूपमा कुनै पनि टिकट बिक्री हुने छैन । खल्ती एपमा टिकट सोल्ड आउट भएपछि तपाईंको सुरक्षाका लागि घरमै बसेर खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोला,” विज्ञप्तिमा उल्लेख छ । तर यता खल्तीले टिकट सोल्डआउट भएको जानकारी दिए ।

प्रतियोगितामा शनिबार बिहान लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।भने दिउँसो कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077