Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपिएलमा आज रोहित र दीपेन्द्रको टोली आमने सामने

एनपिएलमा आज रोहित र दीपेन्द्रको टोली आमने सामने

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।

खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त हुनेछ ।

दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले सुरुवाती दुवै खेल जितेको छ भने रोहितको लुम्बिनीले सुरुवाती दुवै खेलमा हार व्यहोरेको छ ।

सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै जनकपुरलाई अंकतालिकामा भेट्टाउने लक्ष्यमा छ भने लुम्बिनी पहिलो जितको लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077