Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले गुमायो दोस्रो विकेट, ब्राण्डन 'आउट'

लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले गुमायो दोस्रो विकेट, ब्राण्डन 'आउट'

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले दोस्रो विकेटका रुपमा ब्राण्डन म्याकमुलेन २३ रनमा गुमाएको हो ।

उनलाई विवेक यादवले क्याच आउत गराए । यसअघि पहिलो विकेटका रुपमा विनोद भण्डारी १७ रनमा आउट भए ।

उनलाई रोहित पौडेलले क्याच आउट गराए ।

यो समाचार तयार पार्दासम्म सुदूरपश्चिमले १४.२ ओभरमा दुई विकेटको क्षतिमा १०९ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077