Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जैबको अर्धशतकमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

जैबको अर्धशतकमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

सैफ अली जैबको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई १८८रनको लक्ष्य दिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा चार विकेटको क्षतिमा १८७ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनर सइफ जइबले ९० रनको योगदान गरे। १८औं ओभरमा रेमन्ड सिमन्सको बलमा उन्मुक्त चन्दबाट क्याच हुनुअघि उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

अर्का ओपनर विनोद भण्डारी १७ रन जोडेर आउट भए। सइबसँग ४९ रनको ओपनिङ साझेदारी गरेका भण्डारीले १७ रन जोडे। त्यसपछि ब्रान्डन माक्मलेन २० बलमा २३ रन जोडेर आउट भए।

तेस्रो विकेटको रुपमा सइब आउट भएको अर्को बलमा आरिफ शेखलाई शून्यमा सिमन्सले साद बिन जफरबाट क्याच गराएका थिए।

कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन र स्कट कुगेलेइनले नटआउट ११ रन जोडे। दीपेन्द्रले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

कुगेलेइनले ६ बलमा १ छक्का हिर्काए। बलिङमा लुम्बिनीका रेमन्ड सिमन्सले २ विकेट लिए।लयमा रहेको सुदुरपश्चिमले यसअघिका दुवै खेलमा जित निकालेको थियो। लुम्बिनी भने दुवै खेलमा पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077